केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कान्तिपुरकर्मी जनार्दन घिमिरेको निधन

सहयात्रा टिभी

रेडियो कान्तिपुरकर्मी जनार्दन घिमिरेको निधन भएको छ । विहानी कार्यक्रम धार्मिक अनुष्ठानका संचालक घिमिरेको राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियो सेन्टरमा उपचारका क्रममा निधन भएको हो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहेका संस्कृत भाषाका ज्ञाता घिमिरले पछिल्लो समय दोलखामा संस्कृत ग्राम निर्माण गर्ने अभियानको नेतृत्व गर्नुभएको थियो ।  घिमिरे स्थानीय तह निर्वाचनमा मतदानका लागि गृहजिल्ला दोलखा जानेक्रममा सिन्धुपाल्चोकको खाडीचौरस्थित तिनकिलो भन्ने स्थानमा गत विहिबार दुर्घटनामा पर्नुभएको थियो । सोही दुर्घटनामा परि उहाँका बुबा ७६ वर्षिय मुक्तीनाथ घिमिरेको घटनास्थलमै र आमा रत्नकुमारीको उपचारका क्रममा निधन भएको थियो । उहाँका २ छोराहरु छन् ।

प्रकाशित : 15 May, 2017

प्रतिक्रिया दिनुहोस्