केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखराको लेखनाथ महानगरको मतगणना सुरु

सहयात्रा टिभी

चितवन। पोखराको लेखनाथ महानगरको मतगणना सुरु भएको छ। सर्वदलीय सहमतिपति मतगणना प्रक्रिया सुरु भएको हो। यस्तै, भरतपुर महानगरपालिकामा मतगणनाको प्रक्रिया दिउँसो २ बजेदेखि सुरु हुने भएको छ। विहान ८ बजे सर्वदलीय बैठक बस्ने तयारी गरिएपनि प्राविधिक तयारी पूरा नभएका कारण सर्वदलीय बैठक साढे नौं बजे मात्र सुरु भएको थियो। सर्वदलीय बैठकबाट निर्णयमा पुग्न नै साँढे १२ बजेम्म लागेको थियो। लामो समयसम्म मतगणनाको विधि र सदरमत बदरमत कुनलाई मान्ने भन्ने सहमति हुन नसक्दा निर्णयमा ढिलामात्र भएको हो। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार मतगणना भरतपुरस्थित कवर्डहलमा दिउँसो दुई बजे सुरु हुनेछ। मतपेटिका संकलन कार्य राति अबेरसम्म चलेकाले मतगणना आजका लागि तय गरिएको थियो।

प्रकाशित : 15 May, 2017

प्रतिक्रिया दिनुहोस्