केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दाहालले यही साता पदबाट राजीनामा दिने

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले यही साता पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले जेठ ७ गतेभित्र संसद्ला‌ई सम्बोधन गरेर राजीनामा दिने बताएका छन् । संसद् बैठक जेठ ४ गते बस्दैछ । राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यही साता संसद्‌लाई सम्बोधन गरेर राजीनामा दिन लागेको बताए  । स्थानीय तहको चुनाव सफल बनाएकोमा खुशी देखिएका प्रधानमन्त्रीले जेठ ५ गतेभित्र राजीनामा दिने जानकारी दिएको राजपाका नेता राजकिशोर यादवले जानकारी दिए । कामचलाउ सरकारले नै जेठ १५ मा बजेट ल्याउने प्रधानमन्त्रीले मधेसी नेताहरुलाई जानकारी दिएका छन् ।

प्रकाशित : 15 May, 2017

प्रतिक्रिया दिनुहोस्