केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तनहुँ आबुखैरेनी १ मा नेपाली काँग्रेसका किशन थापा विजयी

सहयात्रा टिभी

तनहुँ। तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका किशन थापा विजयी भएका छन्।  वडा अध्यक्षमा विजयी भएपछि नेपाली कांग्रेसले तनहुँमा खाता खोलेको छ । थापाले ५ सय ५६  मत ल्याएर विजयी भएका हुन भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका द्वारिका श्रेष्ठले ५ सय २१ मत र एमालेका लिलाबहादुर खनालले १ सय ८४ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसबाट महिला सदस्यमा सरस्वती अधिकारी, दलित महिला सदस्यमा अनु परियार,  खुला सदस्यमा प्रेम गुरुङ्ग, विजयी भएका छन् भने खुला सदस्यमा नेकपा माओवादी केन्द्रका विष्णु अधिकारी विजयी भएका छन्।

प्रकाशित : 15 May, 2017

प्रतिक्रिया दिनुहोस्