केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धमाधम मतपरिणाम आउँदै, एमालेको अग्रता, चार महानगरमा पनि एमाले हावी

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणमा बिभिन्न तीन प्रदेशमा भएको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । अहिलेसम्म नेकपा एमाले अग्रणी स्थानमा छ भने माओवादी केन्द्र दोस्रो र नेपाली कांग्रेस तेस्रो स्थानमा रहेको छ । एमाले र माओवादीले क्रमशः पाँच–पाँस्थानमा जित हासिल गरेका छन । एमालेले ७२ स्थानमा अग्रता हासिल गरेको छ भने माओवादी केन्द्र ३२ स्थानमा अगाडि छ । ४ स्थान जितेर तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस ६३ स्थानमा अग्रस्थानमा छ । राप्रपा र फोरम नया“ शक्तिको गठवन्धनले खाता खोल्न सकेका छैनन । काठमाडौं महानगरपालिकामा एमालेका बिद्यासुन्दर शाक्यले अग्रता लिनुभएको छ । दोस्रो स्थानमा साझा पार्टीका किशोर थापा हुनुहुन्छ । उहाँले १२० मत प्राप्त गर्नुभएको छ । कांग्रेसका राजुराज जोशी १११ मत सहित तेस्रो स्थानमा हुनुहुन्छ । माओवादीका सर्वोत्तम डंगोलले ७ र नया“ शक्ति फोरमका पवित्र बज्रचार्यले ४ मत पाउनु भएको छ । विवेकशील पार्टीकी रञ्जु दर्शानाले ९१ मत प्राप्त गर्नुृभएको छ । यस्तै, ललितपुर महानगरपालिकामा एमालेका हरिकृष व्यञ्जनकारले अग्रता हासिल गर्नुभएको छ । काग्रेसका चिरीबाबु महर्जन दोस्रो स्थानमा हुनुहुन्छ । उता, चितवनको भरतपुर महानगरपालकिामा एमालेका देवी ज्ञवालीले अग्रता लिनुभएको छ । दोस्रो स्थानमा कांग्रेस माओवादी गठवन्धनकी रेणु दाहाल हुनुहुन्छ । उता, पोखरा लेखनाथ महानगरपालकिामा पनि एमालेले अग्रता लिएको छ । एमालेका मानबहादुर जिसीले दोस्रो स्थानमा रहेको कांग्रेस उम्मेदवार रामजी कुँवरलाई करिब दुइ सय मतले पछि पार्नुभएको छ । मतपरिणाम आउनेक्रम जारी छ ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्