केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संयुक्त राष्ट्रसंघद्वारा उत्तर कोरियामाथि प्रतिबन्धको तयारी

सहयात्रा टिभी

बिबिसि । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाले हालै गरेको मिसायल परीक्षणको निन्दा गरेको छ । पटक–पटक चेतावनी दिंदा पनि उत्तर कोरियाले अटेर गरेको भन्दै राष्ट्रसंघको सुरक्षा परिषद्ले नयाँ प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । पन्ध्र सदस्यीय परिषद्ले विज्ञप्ती जारी गर्दै अब कुनै मिसायल परीक्षण नगर्न चेतावनी दिएको छ । उत्तर कोरियाले आफूले पछिल्लो पटक परीक्षण गरेको मिसायल युद्ध सामग्री बोक्नसक्ने क्षमताको रहेको जनाएको छ । सो मिसायल २ हजार किलोमिटर माथि उचाइ र ७ सय किलोमिटर टाढासम्म जाने क्षमताको रहेको उत्तर कोरियाको दावी छ ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्