केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जिल्लामा कांग्रेस, एमाले, माओवादीबीच मिश्रित परिणाम

सहयात्रा टिभी

जिल्ला । निर्वाचनको पछिल्लो मत परिणाम अनुसार चितवनको राप्ती नगरपालिका ५ मा एमालेकी मेनुका पाठक वडाध्यक्षमा विजयी हुनुभएको छ । यस्तै, चितवनको इच्छाकामना गाउंपालिमा २ मा एमालेका पञ्चबहादुर चेपाङ विजयी हुनुभएको छ । उहा“ पहिलो चेपाङ वडाध्यक्ष हुनुहुन्छ । यस्तै, रुकुमको मुसिकोट नगरपालिमा १, २ र ३ मा कांग्रेस विजयी भएको छ । रुकुमकमै वडा नम्बर ४, ५, ६,७ र ८ मा माओवादी केन्द्र विजयी भएको छ । वडा नम्बर ४ मा निर्मलकुमार पुन, वडा नम्बर ५ मा वसन्त गौतम, वडा नम्बर ६ मा सुशील गौतम, वडा नम्बर ७ मा हिम बहादुर पाण्डे र वडा नम्बर ८ मा बुद्धिप्रसाद बुढा विजयी भएका हुन । यस्तै हैटौडा उपमहानगरपालिका १ मा कांग्रेसका सविन न्यौपाने विजयी भएका छन् । त्यस्तै तनुहंको भानु नगरपालिका १३ मा कांग्रेसका रामबहादुर बानिया विजयी भएका छन् । यस्तै, जाजरकोटको कुशे गाउँपालिकामा नेपाली कांग्रेसका हरिचन्द्र बस्नेत विजयी भएका छन । उनले माओवादी केन्द्रका जनकराज गौतमलाइ पराजित गरे ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्