केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ताजा अवस्थामा कांग्रेस पहिलो

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणमा बिभिन्न तीन प्रदेशमा भएको निर्वाचनको परिणाम आउने क्रम जारी छ । अहिलेसम्म नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । कांग्रेसले ८, एमालेले ६ र माओवादी केन्द्रले ५ स्थानमा जित हासिल गरेका छन । कांग्रेसले ९० स्थानमा अग्रता हासिल गरेको छ भने एमालेले ७२ स्थानमा अग्रता हासिल गरेको छ । माओवादी केन्द्र ३२ स्थानमा अगाडि छ । राप्रपा र फोरम नया“ शक्तिको गठवन्धनले खाता खोल्न सकेका छैनन । काठमाडौं महानगरपालिकामा एमालेका बिद्यासुन्दर शाक्यले अग्रता लिनुभएको छ । दोस्रो स्थानमा साझा पार्टीका किशोर थापा हुनुहुन्छ । यस्तै, ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यञ्जनकारले अग्रता हासिल गर्नुभएको छ । काग्रेसका चिरीबाबु महर्जन दोस्रँे स्थानमा हुनुहुन्छ । उता, चितवनको भरतपुर महानगरपालकिामा एमाले उम्मेदावर देवी ज्ञवालीले अग्रता लिनुभएको छ । रेणु दाहाल झिनो मत अन्तरले पछाडी हुनुहुन्छ । उता, पोखरा लेखनाथ महानगरपालकिामा पनि एमालेले अग्रता लिएको छ । एमालेका मानबहादुर जिसीले दोस्रँे स्थानमा रहेको कांग्रेस उम्मेदवार रामजी कुँवरलाई करिब दुइ सय मतले पछि पार्नुभएको छ ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्