केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दैलेखको डुंगेश्वर गाउँपालिकामा कांग्रेस विजयी

सहयात्रा टिभी

दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । कांग्रेसका नगेन्द्रबहादुर मल्ल २ हजार २९६ मतका साथ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मानबहादुर विष्टले २ हजार १४६ मत प्राप्त गरेका छन् । त्यस्तै, उपाध्यक्षमा एमालेकी कलावती न्यौपाने २ हजार २८० मत प्राप्त गरेर विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सीता ज्ञवाली २ हजार १६८ मत प्राप्त गरेकी छन् ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्