केपी ओली प्रचण्ड माधव नेपाल एमाले


समग्र नतिजामा एमाले अगाडि, काठमाडौं महानगरमा कांग्रेस अघि

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले १० स्थानमा विजयी हुँदै अग्र स्थानमा छ । जारी मतगणनामा एमालेले ८४ स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेस ९ स्थानमा जित हासिल गर्दै दोस्रो स्थानमा छ । कांग्रेसले ८७ स्थानमा अग्रता कामय राखेको छ । माओवादी केन्द्रले ८ स्थानमा जित हासिल गरेको छ भने ३९ स्थानमा अग्रता कायम गरेको छ । काठमाडौं महानगरमा कांग्रेसको अवस्था सुध्रिएको छ । कांग्रेसका उम्मेदवारले एमालेलाइ पछि पार्दै अग्रता हासिल गरेका छन । दोस्रोमा एमाले रहेको छ भने साझा पार्टीका किशोर थापा तेस्रो स्थानमा रहेका छन । विवेकशील पार्टीकी रञ्जु दर्शानले पनि राम्रो मत प्राप्त गरेकी छन ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्