केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सल्यानको दार्मामा माओवादी हावी

सहयात्रा टिभी

सल्यान । सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार निमबहादुर केसी र उपाध्यक्षमा टीका शर्मा वली विजयी भएका छन । निमबहादुरले ३ हजार ६ सय ९४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र केसीले २ हजार ७ सय ७१ प्राप्त गरे । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी टीका शर्मा ३ हजार ६ सय ९५ मतसहित विजयी भइन् । उनका प्रत्यासी नेकपा एमालेका दलबहादुर केसीले २ हजार ६ सय १९ मत मात्र प्राप्त गरे । ६ वटा वडा रहेको दार्मा गाउँपालिकामा माओवादी केन्द्रले पाँच र एमालेले एउटा वडामा विजय प्राप्त गरेको छ । दार्मा गाउँपालिका वडा नम्बर १ मा एमालेका कविकुमार चन्दले जितेका हुन् । माओवादी केन्द्रबाट वडा नम्बर २ मा डिल्ली केसी, वडा नम्बर ३ मा सेतीराम रोकाय, ४ मा चन्द्रबहादुर रावत, ५ मा रामबहादुर केसी र ६ मा दुर्गा मल्ल विजयी भएका छन् ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्