जुम्लाको पातारासी गाउँपालिकामा कांग्रेस विजयी
सहयात्रा टिभी
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण बोहरा र उपाध्यक्षमा पुन्नकली महतारा विजयी भएका हुन । अध्यक्ष बोहराले २३११ मत प्राप्त गरे । उनका प्रत्यासी माओवादी केन्द्रका गौरीशंकर बुढाले १९३० मत प्राप्त गरे । उपप्रमुखमा पुन्नकली महताराले २०२५ मत ल्याइ निर्वाचित भइन । उनका प्रत्यासी माओवादी केन्दका जनमाया रोकायाले १८५५ मत प्राप्त गरिन ।