केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भक्तपुरमा नेमकिपाको किल्ला भत्कदै, कांग्रेस र एमालेद्वारा कडा टक्कर

सहयात्रा टिभी

भक्तपुर । नेपाल मजदूर किसान पार्टीको गढ मानिएको भक्तपुर जिल्लामा कांग्रेस, एमाले तथा माओवादी केन्द्रले पकड जमाउन थालेका छन । भक्तपुर नगरपालिकामा नेमकिपाको पूरै कब्जा भएपनि अन्य क्षेत्रमा भने नेमकिपा कमजोर हुँदै मत परिणामले देखाएको छ । भक्तपुर नगरपालिकाको वडा अध्यक्षमा नेमकिपाले जित हासिल गरेको छ भने सूर्यबिनायकमा एमाले र मध्यपूर ठिमी नगरपालिकामा कांग्रेसले खाता खोलेको छ । भक्तपुर नगरपालिकाको वडा नम्बर १ मा नेमकिपाबाट वडाध्यक्षमा श्याम खत्रीसहित पूरै प्यानल विजयी भए । खत्रीले एक हजार ३ सय ७६ मत ल्याए । प्रतिद्वन्द्वी कांग्रेसका पवन भुजुले ५ सय ४ मत ल्याए । महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु तथा सदस्यहरु विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी भए । यस्तै, सूर्यबिनायकमा नम्बर १ मा एमालेका सानुकाजी कायस्थको प्यानलै विजयी भयो । कायस्थले १ हजार ६ सय ४७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका भूपेन्द्रराज रावतले ८ सय ४७ ल्याए । महिला सदस्यमा एमालेका अम्बकिा न्यौपाने, दलित महिला सदस्यमा कल्पना नेपाली तथा खुला सदस्यमा प्रदीप कार्की र बाबुकाजी श्रेष्ठ विजयी भए । मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ मा कांग्रेसका सुरज खड्का वडाध्यक्षमा निर्वाचित भए । महिला सदस्यमा लक्ष्मी महर्जन, महिला दलित सदस्यमा सानी विश्वकर्मा, खुला सदस्य सूर्यमान मुस्यान र रत्न कुमाल विजयी भए । नगरपालिकाको मेयर पदको मतगणना हेर्ने हो भने सूर्यबिनायकमा एमालेका वासुदेव थापा र कांग्रेसका विष्णुराज कार्कीबीच तीव्र प्रतिष्पर्धा भएको छ । त्यस्तै, मध्यपुरथिमी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस अगाडि देखिएको छ । कांग्रेसका अष्ट कवेलाइ एमालेका मदन सुन्दर श्रेष्ठले पछ्याइरहेका छन् । भक्तपुर नगरपालिकामा नेमकिपाबाट नगरप्रमुखको उम्मेदवार सुनील प्रजापति निकै अगाडि छन । उनलाई कांग्रेसका मेयरका उम्मेदवार राम कासुलाले पछ्याइरहेका छन । भक्तपुर जिल्लामा चाँगुनारायण नगरपालिकामा विवाद आएपछि बुधवार पुनः मतदान हुँदैछ ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्