केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘बाफिया’ को व्यवस्था अनुसार अब बैंक अध्यक्षहरुले गभर्नरबाट शपथ लिनुपर्ने

सहयात्रा टिभी

काठमाडौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ०७३’ (बाफिया) को व्यवस्थाअनुसार अब वाणिज्य बैंकका अध्यक्षले केन्द्रीय बैंकका गभर्नरसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने भएको छ । उनीहरुले राष्ट्र बैंकका अधिकारीहरूबाट पद तथा गोपनीयताको शपथ लिनुपर्ने भएको हो । राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिइसकेको छ । यसअघिको बाफियामा यस्तो व्यवस्था थिएन ।
बाफियाको दफा १ सय २७ को उपदफा १ मा बैंक वा वित्तीय संस्थामा नियुक्त भएको प्रत्येक सञ्चालक, पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारीले आफ्नो पदको जिम्मेवारी सुरु गर्नुअघि तोकिएको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । यसैबीच, बाफियाको व्यवस्थाअनुसार सिभिल बैंकका अध्यक्ष अम्बिर बोगटी र माछापुच्छ्रे बैंकका अध्यक्ष रोशन केसीले केन्द्रीय बैंकका गभर्नर चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्