केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले अग्रस्थानमा, महानगरमा पनि एमालेको बर्चश्व

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आउनेक्रम जारी छ । ताजा मत परिणाम अनुसार नेकपा एमाले २४ स्थानका जित हासिल गर्दै अग्र स्थानमा रहेको छ । जारी मतगणनामा एमालेले ७६ स्थानमा अग्रता हासिल गरेको छ । यस्तै, नेपाली कांग्रेस २० स्थानमा जित हासिल गर्दै दोस्रो स्थानमा रहेको छ । कांग्रेस अझै ८३ स्थानमा अगाडि छ । नेकपा माओवादी केन्द्रले १२ स्थानमा जित हासिल गरेको छ भने २८ स्थानमा अग्रता लिएको छ । राप्रपा, फोरम नयाँ शक्ति गठवन्धन लगायतका दलहरुले खाता पनि खोल्न सकेका छैनन । महानगरको गणना स्थानीत तहको निर्वाचन अन्तर्गत चारवटा महानगरपालिका मध्ये तीनवटामा एमालेले अग्रता लिएको छ । जारी मतगणनामा काठमाडौं महानगरपालिका, भरतपुर महानगरपालिका र पोखरा कास्की महानगरपालिकामा एमाले बलियो देखिएको छ । काठमाडौं महानगरपालिकामा एमाले उम्मेदवार बिद्यासुन्दर शाक्य कांग्रेस उम्मेदवार राजुराज जोशी भन्दा करिब तीन सय मतले अघि छन । विवेकशिल पार्टीकी रञ्जु दर्शना ५०० मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । साझा पार्टीका किशोर थापा ३८५ मतका साथ चौथो स्थानमा हुनुहुन्छ । भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठवन्धनकी उम्मेदवार रेणु दाहाल भन्दा ८०० मतले अघि हुनुहुन्छ । पोखरा लेखनाथ महानगरपालिकामा पनि एमालेका मानबहादुर जिसी कांग्रेस उम्मेदवार रा्मजी कुँवर भन््दा करिब दुइ सय मतले अघि हुनुहुन्छ । ललितपुर महानगरपालिकामा भने कांग्रेसले एमालेलाइ उछिनेको छ । कांग्रेस उम्मेदवार चिरिबाबु महर्जन एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकार भन्दा करिब तीनसय मतले अघि हुनुहुन्छ । मतगणना निकै सुस्त भएकाले अन्तिम परिणाम आउने अझै केही दिन लाग्ने देखिएको छ ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्