केपी ओली प्रचण्ड माधव नेपाल एमाले


श्रीलंका भ्रमणपछि राष्ट्रपति स्वदेश फिर्ता

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रपति बिद्या भण्डारी श्रीलंका र थाइल्याण्डको पाँच दिने भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको छ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणमा राष्ट्रपति भण्डारी बैशाख २९ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपतिको भ्रमणबारे जानकारी गराउँदै सामान्य प्रशासन मन्त्री केशव बुढाथोकीले भ्रमणले द्विपक्षिय सम्बन्ध थप सुदृढ गर्न मद्दत पु¥याएको जानकारी दिनुभयो । राष्ट्रपतिको भ्रमणलाइ श्रीलंका सरकारले उच्च सम्मान दिएको उहाँले बताउनुभयो । भ्रमणकाक्रममा राष्ट्रपति भण्डारीले श्रीलंकाली राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता समेत दिनुभएको छ । नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध स्थापना भएको ६०औं बर्षगाँठका अवसरमा श्रीलंकाली राष्ट्रपतिले यही बर्ष नेपाल भ्रमण गर्ने श्रीलंकाली पक्षले जनाएको छ । आउँदो अशोजमा भ्रमणको सम्भावना रहेको बताइएको छ । बिमानस्थलमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, मन्त्रीगण लगायत नेपाल सरकारका उच्च अधिकारीहरुले स्वागत गनुर््भएको थियो । सो अवसरमा नेपाल सेनाको एक टुकडीले राष्ट्रपतिलाई २१ तोपको सलामी दिएको थियो ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्