कास्कीको रुपमा एमालेको कब्जा
सहयात्रा टिभी
कास्की । कास्कीको रूपा गाउँपालिकामा एमालेका नवराज ओझा निर्वाचित भएका छन । उनले चार हजार २१२ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रकाशमोहन खनालले तीन हजार २७५ मत मात्र प्राप्त गरे । एमालेकी लालसुब्वा गुरुङले तीन हजार ९९५ मत ल्याई उपाध्यक्षमा निर्वाचित भइन । प्रतिद्वन्द्वी कांग्रेसकी जी माया गुरुङले तीन हजार ४५६ मत प्राप्त गरिन् । गाउँपालिकाको वडा नं ३, ४, ५ र ६ मा पूरै प्यानलसहित एमालेका क्रमशः रामजी अधिकारी, मुकुन्द वंशी, टेकबहादुर गुरुङ र नारायण गुरुङ विजयी भएका छन् । त्यस्तै, वडा नं १, २ र ७ मा कांग्रेसका पूरै प्यानलसहित क्रमशः दीपक आलेमगर, हरिकृष्ण ओझा र दयासागर सुवेदी विजयी भएका छन् ।