केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जितेपछि रुकुममा माओवादीको खुशीयाली

सहयात्रा टिभी

रुकुम । रुकुमको मुसिकोट नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार देविलाल गौतम विजयी भएपछि माओवादी कार्यकर्ताहरुले खुसीयाली मनाएका छन । गौतम ४३५० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र केसीले ४१७४ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा पनि माओवादी केन्द्रकै उम्मेदवार प्रेमकुमारी सुनार केसी विजयी भएकी छिन् । सुनार ४४७९ मत ल्याएर विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार बालकुमारी गिरीले ४१५८ मत प्राप्त गरिन् । नगरपालिकाका १४ वडा मध्ये १० वटा माओवादी र ४ वडा नेपाली कांग्रेसका उम्मेदवारले जीत हासिल गरेका छन् । जिल्लाको सानीभेरी गाउँपालिकामा पनि माओवादी केन्द्रकै अध्यक्ष र उपाध्यक्ष भारी मतका साथ विजयी भएका छन ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्