केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हुम्लामा माओवादीलाइ हराउँदै कांग्रेस विजयी

सहयात्रा टिभी

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पदमबहादुर लामा विजयी भएका छन् । लामाले १३६५ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले १२४२ मत प्राप्त गरे । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार वली रावतले १३७५ मत ल्याएर विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुशीला रोकायाले १२५० मत ल्याइन् । हुम्लाको अदानचुली गाउँपालिकामा भने नेकपा एमालेका दल फडेरा निर्वाचित भएका छन । उपाध्यक्षमा चौमती ऐडी विजयी भइन । त्यस्तै ताँजाकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका बागदल छत्याल र उपाध्यक्षमा माओवादी केन्द्रकै मञ्जु बुढा निर्वाचित भएका छन ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्