केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नवलपरासीको बुलिंटार र हुप्सेकोटमा कांग्रेसको कब्जा

सहयात्रा टिभी

नवलपरासी । नवलपरासीको बुलिंटार र हुप्सेकोट गाउँपालिकामा कांग्रेस बिजयी भएको छ । बुलिंटारमा नेपाली कांग्रेसबाट गाउँपालिका प्रमुखका उम्मेदवार शशिकिरण बस्ताकोटीले ४७०८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका पत्रकार विद्रोही गिरीले २५५० मत प्राप्त गरे । त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी मैना बिकले ४६५३ मत ल्याएर बिजयी भएकी छन् । एमालेबाट उपप्रमुखमा पार्वती थापाले २६१४ मत ल्याएकी छन् । त्यहाँ ६ वटा वडामा सबै ३० जना नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । हुप्सेकोट गाउँपालिका प्रमुखमा कांग्रेसकी लक्ष्मी पाण्डे बिजयी भएकी छन् । उपप्रमुखमा एमालेकी कोपिला मल्ल बिजयी भएकी छन् । लक्ष्मी पाण्डेले ४५९२ र उनका प्रतिद्वन्द्वी एमालेका मेघ बहादरले ४३५८ मत ल्याएका छन् । उपप्रमुखमा एमालेकी कोपिला मल्लले ४४६८ मत ल्याएर बिजय भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमखबहादुर थापाले ४४१३ मत ल्याएका छन् । त्यहाँको वडा नंम्बर १ मा कांग्रेसबाट वडा अध्यक्ष चित्रबहादुर कानूले ८०३ मत ल्याएर बिजयी भएका छन् । वडा नम्बर २ मा कांग्रेसका वडा अध्यक्ष पदम केसीले ७५१ मत ल्याएर बिजयी भए । त्यसैगरी वडा नम्बर ३ मा कांग्रेसबाट वडा अध्यक्षमा छविलाल मिथुनले १०७२ ल्याएर बिजयी भए । वडा नम्बर ४ मा एमालेका रोशन थापाले १११३ मत ल्याएर बिजयी भए । ५ नम्बर वडामा कांग्रेसका पदम रानाले ४५३ मत ल्याएर बिजयी भए । त्यसैगरी वडा नंम्बर ६ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार छमबहादुर समैले ५९ मत ल्याएर बिजयी भए । नवलपरासीमा पहिलो चरणमा निर्वाचन भएका सबै ४ वटा गाउँपालिकामा कांग्रेसले कब्जा जमाएको छ । बुंलिटार, हुप्सेकोट, बुंदिकाली र वीनयी त्रिवेणी गाउँपालिकामा कांग्रेस बिजयी भएको छ ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्