केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मध्यपुर ठिमीमा कांग्रेस विजयी

सहयात्रा टिभी

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका वडा नं २ को अध्यक्षमा कांग्रेसका राम थापामगर विजयी भएका छन् । थापामगर ८ सय ३२ मत ल्याई अध्यक्षमा विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका हेमराज गौतमले ६ सय ७० मत प्राप्त गरे । यस्तै महिला सदस्यमा एमालेकी उम्मेदवार शकुन्तला श्रेष्ठ विजयी भएकी छिन् । यसअघि मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा कांग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको थियो । महिला सदस्यमा विजयालक्ष्मी द्वारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यमा रत्न कुमाल र अर्का सदस्यमा सूर्यमान मुस्याङ विजयी भएका थिए ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्