केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं. ३ र ४ मा कांग्रेस विजयी

सहयात्रा टिभी

कास्की । पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं. ३ र ४ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाको पछिल्लो मत परिणामअनुसार वडा नं ३ मा नेपाली कांग्रेसका रवीन्द्रबहादुर प्रजु ९६३ मतसहित वडाध्यक्ष चुनिएका हुन् । महिला सदस्यमा लक्ष्मी पराजुली, दलित महिला सदस्यमा सावी परियार, दुई खुल्ला सदस्यमा रविन कायस्थ र जीतेन्द्र कायस्थ विजयी भएका छन् । वडा नं. ४मा कांग्रेसका शङ्कर बास्तोला निर्वाचित भएका छन । महिला सदस्यमा सरिता पराजुली, दलित महिला सदस्यमा विष्णुमाया परियार, दुई खुला सदस्यमा पुष्करबहादुर श्रेष्ठ र सुवर्ण केसी विजयी भएका छन् ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्