केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दरवार हत्याकाण्ड र दासढुंगाकाण्डको रहस्य पत्ता लाग्छ– ओली

सहयात्रा टिभी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मदन भण्डारी र जीवराज आश्रितको हत्याको रहस्य पत्ता लाग्ने बताउनुभएको छ । आज २४औं मदन–आश्रित स्मृति दिवसका अवसरमा पुरानो पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दासढुंगा काण्ड ठूला शक्तिले षड्यन्त्रमुलक ढंगबाट गराएको आरोप लगाउनुभयो । त्यस्तै, उहाँले राजपरिवार बंश सखाप हुने गरी भएको दरबार हत्याकाण्डको पनि रहस्य पत्ता लाग्ने दाबी गर्नुभयो । विभिन्न कालखण्डमा एमालेविरुद्ध ठूला–ठुला षडयन्त्र हुने गरेको भन्दै उहा“ले त्यसैको सिलसिलाका रुपमा दासढुंगा काण्ड भएको बताउनुभयो । तर, यस्ता ठूला षड्यन्त्रको रहस्य पत्ता लागेरै छाड्ने उहाँले बताउनुभयो । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २ हजार ५० साल जेठ ३ गते चितवनको दासढुंगा दुर्घटनामा परि निधन भएको थियो ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्