केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्याग्दीको रघुगङ्गा गाउँपालिकामा माओवादी विजयी

सहयात्रा टिभी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को वडा अध्यक्षमा माओवादी केन्द्रका रिम कटुवाल भारी मतले विजयी भएका छन् । एमाले माओवादी केन्द्रको संयुक्त प्यानलबाट वडा अध्यक्षको उम्मेदवार बनेका कटुवाल ९९४ मत ल्याई विजयी भएका हुन । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरसिंहबहादुर खत्रीले ४४३ मत पाए । रघुगङ्गा–२ वडामा अध्यक्षसहित एमाले–माओवादीको प्यानल नै विजयी भएको छ । खुला सदस्यमा देवेन्द्र केसी र रवीन भण्डारी, महिला सदस्यमा गोरी भण्डारी तथा दलित महिला सदस्यमा रसिला परियार निर्वाचित भएका छन् ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्