केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा कांग्रेसका पाण्डे

सहयात्रा टिभी

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रमेशकुमार पाण्डे निर्वाचित भएका छन । माओवादी केन्द्रका मोहनहरि पौडेललाई पराजित गर्दै पाण्डे मेयरमा चुनिएका हुन । पाण्डेले ५ हजार ९ सय ६८ मत प्राप्त गरेका छन् भने पौडेलले ४ हजार ५ सय ४७ मत ल्याएका थिए । यस्तै, उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार राजकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५ हजार ५ सय ६६ मत ल्याएकी छिन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सीता शाहीले ५ हजार ३ सय ३२ मत पाएकी छिन् । मध्यनेपाल नगरपालिकाको १० वटा वडामध्ये पाँच वडाको अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने एमालेले चार वटामा र माओवादी केन्द्रले एकमा जित हात पारेको छ । कांग्रेसले वडा नम्बर १, २, ५, ७ र १० को वडाध्यक्ष जितेको छ ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्