केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मत बदर हुनुमा निर्वाचन आयोग दोषी छैन – प्रमुख निर्वाचन आयुक्त

सहयात्रा टिभी

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले धेरै मत बदर हुनुमा निर्वाचन आयोग दोषी नरहेको बताउनु भएको छ । विशेष निर्वाचनका लागि विशेष शिक्षाको आवश्यकता पर्ने भन्दै प्रमुख आयुक्त यादवले मतदाता शिक्षाको कमीले बदर मतको संख्या बढेको भन्न नमिल्ने तर्क गर्नुभयो । दल विशेषले दिने मतदाता शिक्षामा राजनीति पनि मिसिएकाले बदरसंख्या बढेको उहाँले बताउनुभयो ।
उहाँले आयोग र सरकारको आलोचना गर्नेहरुलाई काम गरेर देखाउन चुनौती समेत दिनुभयो । निर्वाचन पर्यवेक्षण गर्ने अनुमति लिएका संघ संस्था, पुर्व निर्वाचन आयुक्त लगायतले आयोगको मतदाता शिक्षा सूचनामा मात्रै सीमित भएकाले बदर मत बढेको बताईरहेका बेला प्रमुख आयुक्त यादवको यस्तो भनाइ बाहिर आएको हो । प्रमुख आयुक्त यादवले परिणाम छिटो आउने गरि गणनाको व्यवस्था गरिएको जानकारी पनि दिनुभयो । केही कानुनी जटिलता र व्यवस्थापकिय बाध्यताका कारण मतगणनाको विषयमा प्रत्यक्ष रुपमा निर्देशन दिन नमिल्ने भएपनि गणना गर्ने स्थान वृद्धि गरी परिणाम छिटो सार्वजनिक गर्ने तयारी भैरहेको उहाँले बताउनुभयो । प्रारम्भिक मत परिणाममा शहरी क्षेत्र काठमाडौं महानगरपालिकाकै मत १० प्रतिशतको हाराहारीमा बदर भैरहेका छन ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्