केपी ओली प्रचण्ड माधव नेपाल एमाले


परिणाम अनपेक्षित भएपनि स्वीकार गर्छौ– कमल थापा

सहयात्रा टिभी

काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचनको परिणाम ‘अनपेक्षित’ भएपनि स्वीकार गर्ने बताउनु भएको छ । निर्वाचनको परिणाम पूरा नहुँदै अध्यक्ष थापाले बुधवार आफनो ट्वीटमा परिणाम ‘अनपेक्षित’ भएको टिप्पणी गर्नुभएको हो । उहाँले परिणामबाट आफूहरु बिचलित नहुने, आत्मसमीक्षा गर्ने र थप मिहिनेत गर्ने उल्लेख गर्नुभएको छ  । राप्रपाले हालसम्म प्रमुख, उपप्रमुख, सदस्यसहित कुल १५ पदमा विजय हासिल गरेको छ । थापाको ट्वीटपछि केही राप्रपा नेताहरुले राप्रपाको परिणाम राम्रो भएको र बिद्यमान गठवन्धन कायम गरी आगामी निर्वाचनमा थप राम्रो गर्नुपर्ने टिप्पणी गरेका छन । उनीहरुले यथार्थ बुझेर मात्रै टिप्पणी गर्नुपर्ने भन्दै अप्रत्यक्षरुपमा अध्यक्ष थापालाइ सुझाव दिएका छन ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्