केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा बिहीबार मतदान

सहयात्रा टिभी

सिन्धुपाल्चोक । सन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा जेठ ४ गते बिहीबार पुनः मतदान गरिने भएको छ । बैशाख ३१ मा जम्मा भएको ६ सय ५८ मतदान जलाएर फेरी मतदान गरिने जिल्ला निर्वाचन आयोगले जनाएको छ । विवादका कारण इन्द्रावती गाउँपालिकाका मतदाताले भने मतदान गर्न पाएका थिएनन । मतदान स्थागित भएकाले १ हजार ३ सय २० ले मतदान गर्न पाएका थिएनन् । मतदानमा एक व्यक्तिले चार मत हालेको भन्दै विवाद मच्चिएको थियो । बिहिबार फेरि इन्द्रावती गाउँपालिकाको केन्द्र चण्डेश्वरी आधारभुत विद्यालयमा मतदान हुने भएको हो । इन्द्रावती गाउँपालिकाको वडा १० साबिकको भोटसिपा गाविसमा कुल मतदाता १ हजार ९ सय ९० रहेका छन् ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्