रूकुमका ६ वटै तहमा माओवादी

रूकुम । पहिलो चरणमा निर्वाचन भएका रुकुमका ६ वटा स्थानीय तह सबैमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ । तीन नगरपालिका र ३ गाउँपालिकामा भएको निर्वाचनमा ७३ वटा वडामध्ये ५८ वटा वडामा पनि माओवादीले जितेको हो । १३ वटामा नेपाली कांग्रेस र दुईवटामा नेकपा एमालेले जित हासिल गरेको छ ।