केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जुम्लाको चन्दननाथ नगरपालिकामा महिलाको प्रभुत्व

सहयात्रा टिभी

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी कान्तिका सेजुवाल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी अप्सरादेवी न्यौपाने महत विजयी भएका छन ्। प्रमुखमा सेजुवालले २८०६ र उपप्रमुखमा महतले २०१८ मत प्राप्त गर्नुभयो । प्रमुख पदका प्रत्यासी नेकपा एमालेका शान्तिलाल महतले २०६६ र उपप्रमुख न्यौपाने महतका प्रत्यसी नेपाली कांग्रेसका जगतबहादुर खत्रीले १७४४ मत प्राप्त गर्नुभयो । नेकपा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार उठेका अशोककुमार श्रेष्ठले २०१५ मत ल्याएका थिए । त्यसैगरी, उपप्रमुखमा उठेका नेकपा एमालेका मेनका रेग्मी चौलागाईले १७१० मत ल्याएकी थिइन् । जितपछि समर्थकहरुले बाजागाजासहित ¥याली निकालेका थिए ।

प्रकाशित : 18 May, 2017

प्रतिक्रिया दिनुहोस्