केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कालिकोटको पचालझरना र पलातामामा माओबादी विजयी

सहयात्रा टिभी

कालिकोट । कालिकोटको पचालझरना र पलातामा गाँउपालिकामा माओबादी विजयी भएको छ । पचालझरनामा माओबादीका खड सेजुवालले अध्यक्षमा १६२३ र उपाध्यक्षमा तारा न्यौपानेले १५६८ मत ल्याई विजयी हुनुभएको हो । उनीहरुका प्रतिस्पर्धी नेपाली काँग्रेसका भानुभक्त सञ्ज्यालले ११८७ र एमालेका दक्षिण शाहीले १२४७ मत प्राप्त गरे । पलातामा माओबादीका लक्ष्मण बमले अध्यक्षमा १४२० र दाना न्यौपानेले उपाध्यक्षमा १३ ७१ मत प्राप्त गरी विजयी भएका छन । उनीहरुका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशरबहादुर बमले ११८३ र सुर्जकला रोकायाले १०७१ मत पाए ।

प्रकाशित : 18 May, 2017

प्रतिक्रिया दिनुहोस्