केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आइजिपी विवाद सम्बन्धी मुद्दा पेसीमा चढ्यो, सुनुवाइका लागि पूर्ण इजलास गठन

सहयात्रा टिभी

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरी महानिरीक्षक नियुक्ति विवादसम्वन्धी मुद्दा सुनुवाइका लागि आज दैनिक पेसीमा चढाएको छ । दुई पटकको पेसी स्थगनपछि आज पेशी तोकिएको हो । सर्वोच्चले महानिरीक्षक बढुवा विवादको मुद्दाको सुनुवाइका लागि ७ सदस्यीय बृहद पूर्ण इजलास गठन गरेको छ । न्यायाधीशहरु देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर जवरा, जगदिश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसी इजलासमा सम्मिलित छन ्। प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग प्रस्ताव दर्ता भएपछि मुद्दाको पहिलो पटक सुनुवाइ हुन लागेको हो । यसअघि सर्वोच्चले पेसी स्थगित गर्न नमिल्ने गरी आदेश जारी गरेपनि दुई पटक पेसी स्थगित भएको थियो । वैशाख १९ गतेको पेसी कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीले दैनिक पेसी सूचीबाट स्थगित गरेका थिए । सर्वोच्च आदेशपछि पुनः अदालत फर्किएकी प्रधानन्यायाधीश कार्कीले वैशाख २८ गते मुद्दाको सुनुवाइ स्थगित गरेकी थिइन ्।

प्रकाशित : 18 May, 2017

प्रतिक्रिया दिनुहोस्