केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तीन महानगरपालिकामा एमाले र एउटामा कांग्रेसको अग्रता

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत चारवटा महानगरपालिकाको परिणाम आउनेक्रम जारी छ । मत गणनास्थल बढाएपछि सुरुका दिनभन्दा परिणाम केही छिटो आउन थालेको छ । चारवटा महानगरपालिका मध्ये तीन महानगरपालिकामा आजपनि एमालेले अग्रता लिएको छ । काठमाडौंं, भरतपुर र पोखरा लेखनाथ महानगरपालिकामा एमालेले अग्रता लिएको छ । काठमाडौंं र भरतपुरमा एमालेले आफना प्रतिष्पर्धीलाई झण्डै दोब्बर मतले पछी पारेको छ । काठमाडौंमा एमालेका उम्मेदवार बिद्यासुन्दर शाक्य हुनुहुन्छ भने कांग्रेसका राजुराज जोशी हुनुहुन्छ । यस्तै, भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार देवी ज्ञवाली हुनुहुन्छ भने कांग्रेस र माओवादीको साझा उम्मेदवार रेणु दाहाल हुनुहुन्छ । ललितपुर महानगरपालिकामा भने करिब तीन सय मतले कांग्रेस उम्मेदवार चिरीबाबु महर्जनले एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाइ पछि पार्नुभएको छ ।

प्रकाशित : 18 May, 2017

प्रतिक्रिया दिनुहोस्