स्याङजाको गल्याङमा एमालेको कब्जा

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाको मेयरमा एमालेले जितेको छ । एमालेका भुपराज अधिकारीले ६८३८ मतका साथ विजयी भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका लालगोपाल अर्यालले ६ हजार ३ सय ३२ मत पाए । उपमेयरमा पनि एमालेकी देवी थापा मगर विजयी भएकी छन् ।