केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यमनमा हैजाबाट मृत्यु हुनेको संख्या दुइ सय नाघ्यो

सहयात्रा टिभी

यमन । यमनमा अप्रिल महिनाको अन्त्यतिरबाट फैलिएको हैजाको प्रकोपका कारण मृत्यु हुनेको संख्या २०९ पुगेको छ । हैजाका कारण झन्डै १७ हजार २ सय व्यक्ति बिरामी परेको संयुक्त राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले जनाएको छ । युनिसेफको यमनस्थित नियोगले द्वन्द्वग्रस्त खाडी मुलुकमा हैजाको प्रकोप भयावह रुपमा फैलिएको जनाएको छ । यमनमा दैनिक करिब तीन हजार व्यक्तिमा हैजा देखिने गरेको छ । यसअघि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) ले दिएको जानकारीमा अप्रिल २७ देखि आइतबारसम्म १८४ जनाको मृत्यु भएको र करिब ११ हजार व्यक्ति उक्त रोगको प्रकोपबाट पीडित भएको जनाएको थियो । हैजा पानी र खानाबाट सर्नसक्ने घातक रोग भएकाले समयमा उपचार नभएमा ज्यानै लिने जोखिम रहन्छ । हैजाको प्रकोपका कारण दैनिक दर्जनौँ व्यक्तिको मृत्यु हुन थालेपछि र रोगले स्थानीय बस्तीहरुमा व्यापक सङ्क्रमण भेटिएपछि सरकारले संकटकाल घोषणा गरेको थियो । यमनमा हैजाको प्रकोप दोस्रोपटक देखिएको हो । द्वन्द्वका कारण स्थानीय स्वास्थ्य सङ्घसंस्था तथा अस्पतालहरुमा समेत आक्रमण भैरहेकाले उपचारका लागि समेत समस्या भैरहेको छ ।

प्रकाशित : 18 May, 2017

प्रतिक्रिया दिनुहोस्