केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । सुनको मुल्य विहीबार एकैदिन तोलामा हजार रुपैयाँले बढेको छ ।
बुधबार प्रतितोला ५३ हजार ७ सय रुपैया“मा कारोबार भएको छापावाल सुन विहीबार हजार रुपैयाँले बढेर ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । महिनाको सुरुदेखि नै उकालो लागेको सुनको भाउ विहीबार उच्च मुल्यले बढेको हो । विहीबार चाँदीको भाउ पनि बढेको छ । बुधबार प्रतितोला ७ सय ५० रुपैया“मा कारोबार भएको चाँदी विहीबार प्रतितोला ५ रुपैयाँले बढेर ७ सय ५५ रुपैया“मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १२ सय ५८ डलर तथा चाँदीको मुल्य १६ दशमलब आठ दुई डलर कायम भएको छ ।।।

प्रकाशित : 18 May, 2017

प्रतिक्रिया दिनुहोस्