कांग्रेस नयाँ सरकार र संविधान संशोधनको गृहकार्यमा
सहयात्रा टिभी
ललितपुर । स्थानीय तहको निर्वाचनको परिणाम आउँदै गर्दा नेपाली कांग्रेस नयाँ सरकार निर्माण र संविधान संशोधनको गृहकार्यमा जुटेको छ । हिजो राष्ट्रिय जनता पार्टीसंग बृहद् छलफल गरेको कांग्रेसले आज आन्तरिक छलफल गरेको हो । पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा अब प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व कांग्रेसलाई सुम्पने भएकाले त्यसबारे आवश्यक छलफल भएको महामन्त्री सशांक कोइरालाले जानकारी दिनुभयो । बैठकमा संविधान संशोधन बिधेयकलाइ दुत तिहाइबाट पारित गर्न अन्य दलहरुसंग छलफल जारी राख्ने निर्णय भएको थियो । बैठकले अहिलेसम्मको चुनावी परिणाम आफनो अपेक्षा नभएको भन्दै दोस्रो चरणको निर्वाचनमा प्रभावकारी रुपमा लाग्ने निर्णय गरेको महामन्त्री कोइरालाले जानकारी दिनुभयो ।