केपी ओली प्रचण्ड माधव नेपाल एमाले


न्यायाधीश नाता परेपछि सिलवालको मुद्दा स्थगित

सहयात्रा टिभी

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले बृहद् इजलास गठन गरेपनि अन्तिम समयमा आएर स्थगित भएको छ । प्रधान न्यायाधीश सुशीला कार्कीले नवराज सिलवालको मुद्दाको सुनुवाई गर्न वृहत पूर्ण इजलास गठन गर्नुभएको थियो । इजलासमा तोकिएका न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ सिलवालको नाता पर्ने भएको खुलेपछि इजलास स्थगित भएको हो । पूर्ण इजलासमा ७ न्यायाधीशहरु देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसी हुनुहुन्छ ।

प्रकाशित : 18 May, 2017

प्रतिक्रिया दिनुहोस्