तनहुँको ब्यास नगरपालिकामा कांग्रेस विजयी

तनहुँ । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । सो नगरपालिकामा कांग्रेस उम्मेदवार वैकुण्ठनाथ न्यौपाने विजयी भएका हुन । उनले १३०५६ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी एमालेका शंकरनारायण श्रेष्ठले ९५९२ मत प्राप्त गरे। यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी मिरा जोशी १३२६० मत ल्याई विजयी भइन्।