केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मतगणनाको पाँचौं दिन एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । मत गणनाको पाँचौं दिनमा पनि एमालेले आफनो अग्रता कायमै राखेको छ । एमालेले हालसम्म ८९ स्थानम जित हासिल गरेको छ भने २६ स्थानमा अग्रता लिएको छ । कांग्रेसले ८३ स्थानमा जित हासिल गरेको छ भने २३ स्थानमा अग्रता लिएको छ । यस्तै, नेकपा माओवादी केन्द्रले ४१ स्थानमा जित हासिल गर्नुकासाथै ७ स्थानमा अग्रता कायम गरेको छ । चार महानगरसहित सबै ठाउँमा प्रमुख तीन दलबीच नै प्रतिष्पर्धा भैरहेको छ । चार महानगरपालिका मध्ये तीनवटामा एमाले र एउटामा कांग्रेसले अग्रता लिएको छ । काठमाडौं महानगरपालिकामा एमाले उम्मेदवार बिद्यासुन्दर शाक्य कांग्रेस उम्मेदवार राजुराज जोशी भन्दा करिब दुइ हजार मतले अघि हुनुहुन्छ । यस्तै, चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठवन्धनको उम्मेदवार रेणु दाहालको मत अन्तर घटेको छ । एमाले उम्मेदवार देवी ज्ञवाली भन्दा दाहाल करिब ४ सय मतले पछाडी छन । ललितपुर महानगरपालकिामा भने कांग्रेसका चिरीबाबु महर्जन एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकार भन्दा करिब ४ सय मतले अघि छन । उता पोखरा लेखनाथ महानगरपालिकामा एमाले उम्मेदवार मानबहादुर जिसी कांग्रेस उम्मेदावर रामजी कुँवर भन्दा तीनसय मतले अघि छन ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्