केपी ओली प्रचण्ड माधव नेपाल एमाले


६ जनाको पिटीपिटी हत्या

सहयात्रा टिभी

भारत । भारतको झारखण्डका स्थानीयवासीले पिटीपिटी ६ जनाको हत्या गरेका छन ।
बच्चा चोरको आरोपमा स्थानीयवासीले उनीहरुलाइ पिटीपिटी मारेका हुन । स्थानीयवासीका अनुसार मारिएका ६ जना बच्चा चोर गिरोहका सदस्य हुन । चार दिन अघि पनि उनीहरुले बच्चा चोरको आरोपमा दुइ जनाको पिटेर हत्या गरेका थिए । स्थानीय प्रहरीका अनुसार स्थानीयवासीले कुनैपनि अपरिचित मान्छेलाइ देखे बच्चा चोरको आशंकामा आक्रमण गर्ने गरेका छन । प्रहरीले सुरक्ष्ाँ अवस्था निकै गम्भीर भएकाले आफूहरु शान्ति कायम गर्न योजनाबद्ध रुपमा लागेको जनाएको छ । बिहीबार मात्रै सरायकेला खरसांवा जिल्लाको राजनगरमा तीन र जमशेदपुरमा अन्य तीन जनाको हत्या भएको थियो ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्