केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जाजरकोटको नलगाढमा माओवादी, दोलखाको भिमेश्वरमा एमाले

सहयात्रा टिभी

जाजरकोट/दोलखा । जाजरकोटको त्रिवेणी नलगाढ नगरपालिकामा नेकपा माओवादी केन्द्रका टेकबहादुर रावल मेयरमा निर्वाचित भएका छन । रावलले ३४१८ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी कांग्रेसका नवेन्द्र नेपालीले २८९८ र एमालेका छवि पन्तले २६७४ मत प्राप्त गरे ।
उता, दोलखाको भिमेश्वर नगरपालिका एमालेले जितेको छ । मेयरमा भरत केसी र उपमेयरमा कमला बस्नेत विजयी भएका हुन् ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्