भरतपुरमा रेणु दाहालको अग्रता, काठमाडौं र पोखरामा एमाले, ललितपुरमा कांग्रेस अघि

सहयात्रा टिभी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठवन्धनकी रेणु दाहालले अग्रता लिनुभएको छ । मतगणनाको पाँचौं दिन रेणुले झिनो अग्रता लिनुभएको हो । कांग्रेस माओवादी गठवन्धनकी दाहालको करिब १२ हजार मत पुगेको छ । आज बिहानसम्म अग्रता लिइरहनु भएका एमाले उम्मेदवार देवी ज्ञवाली रेणु भन्दा केही मतले पछाडी पर्नुभएको छ । यस्तै, ललितपुर महानगरपालिकामा पनि कांग्रेसका उम्मेदवार अगाडि हुनुहुन्छ । ललितपुर महानगरपालकिामा भने कांग्रेसका चिरीबाबु महर्जन एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकार भन्दा करिब ७ सय मतले अघि छन । काठमाडौं महानगरपालिकामा एमाले उम्मेदवार बिद्यासुन्दर शाक्य कांग्रेस उम्मेदवार राजुराज जोशी भन्दा करिब तीन हजार मतले अघि हुनुहुन्छ । उता पोखरा लेखनाथ महानगरपालिकामा एमाले उम्मेदवार मानबहादुर जिसी कांग्रेस उम्मेदावर रामजी कुँवर भन्दा चारसय मतले अघि छन् ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्