केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोस्रो चरणको निर्वाचन अझ उत्साहपूर्ण हुन्छ –प्रधानमन्त्री

सहयात्रा टिभी

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तह दोस्रो चरणको निर्वाचन पनि उत्सवपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ । नवलपरासीको शास्वतधाममा पूजाआजापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले राजपासहित सबै राजनीतिक दल दोस्रो चरणको निर्वाचनमा पनि सहभागी हुने विश्वास व्यक्त गर्नुभयो । पहिलो चरणको निर्वाचनलाई आफूले उत्सवको रुपमा लिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले त्यसअघि नवलपरासीको दुम्कौलीस्थित शास्वत धाम पूजाआजा गर्नुभएको थियो ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्