पोखरा कांग्रेस सभापतिको राजीनामा
सहयात्रा टिभी
काश्की । स्थानीय तहको निर्वाचनमा निराशाजनक मत आएको भन्दै पोखरा लेखनाथ महानगर समितिका कांग्रेस सभापति बजिरमान श्रेष्ठले राजीनामा दिएका छन् । निराशाजनक मत आउनुमा आफू पनि जिम्मेवार रहेको भन्दै उनले नैतिकताको आधारमा राजीनामा दिएका हुन् । पोखरा लेखनाथ महानगरपालिकामा कांग्रेस एमाले उम्मेदवार भन्दा झिने अन्तरले पछि परेको छ भने अन्य स्थानमा कांग्रेसको आशा अनुरुप परिणाम आउन सकेको थिएन ।