केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गोरखामा कांग्रेसको बिजय र्‍याली

सहयात्रा टिभी

गोरखा । नेपाली कांग्रेसले गोरखाका ११ स्थानीय तहमध्ये नौ तहमा विजयी भएपछि बिजय र्‍याली  निकालेको छ । माओवादीको लाल किल्ला भनेर चिनिएको गोरखामा कब्जा जमाएपछि कांग्रेस उत्साहित भएको हो । कांग्रेसले आफूले जितेको नौवटै स्थानीय तह गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, गण्डकी गाउँपालिका, भीमसेन गाउँपालिका, आरुघाट गाउँपालिका, सिरानचोक गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकामा विजय र्‍याली  निकालेको हो । र्‍यालीमा कांग्रेस नेता कार्यकर्ता लगायत सयौं सर्वसाधारण सहभागि थिए ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्