केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निक्षेप नबढेपछि ब्याज दर बढाउने तयारी

सहयात्रा टिभी

काठमाडौं । निक्षेप नबढेपछि बैंकहरुले निक्षेपको व्याज दर बढाउने तयारी गरेका छन । केही बैंकले भित्रभित्रै ब्याज दर समेत बढाइसकेका छन । उनीहरुले खास विशेष चिने जानेको मान्छेलाइ सम्र्पक गरी ब्याज बढाउने सूचनासहित रकम राख्नका लागि प्रस्ताव गर्ने गरेका छन । सरकारको खर्च नबढेको र राष्ट्र बैंकले दिएको नीतिगत सहुलियत सकिन लागेकोले पनि व्याज दर बढाउनुको विकल्प नभएको बैंकर्सहरुको भनाइ छ ।
बैशाख २९ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप १९ खर्ब ५५ अर्ब र कर्जा लगानी १६ खर्ब ६५ अर्ब रहेको थियो । निक्षेप र कर्जाको मात्र अनुपात (सीडी रेसियो) भने ८५.१५ प्रतिशत रहेको छ । यसलाई सीसीडी रेसियोको आधारमा गणना गर्ने हो भने यो दर पनि ८० प्रतिशत नाघ्न सक्ने देखिएको छ ।
सोचे अनुसार निक्षेप नबढ्दा र सहुलियत पाएको समयावधि नजिकिदा बैंकहरुलाई व्याज दर वृद्धिमा दबाब परेको हो ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्