केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन परिणाम धमाधम आउँदै, प्रमुुख दलकै बर्चश्व

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणमा ३४ जिल्लाका २८३ स्थानीय तहका लागि भएको मतदानमा नेकपा एमाले लगभग पहिलो हुने निश्चित भएको छ । एमालेले जितसंख्या एकसय नघाइसकेको छ । अझै केही स्थानमा अग्रता रहेकाले उसको संख्या बढने निश्चित छ । एमालेले यो परिणामलाइ सन्तोषजनक भएको प्रतिक्रिया दिएको छ । आफू हारेका र हार्ने संकेत देखिएका ठाउँमा भने एमालेले उत्ताउलो व्यवहार देखाएको छ । कहिं बढी मत देखिएको भन्दै बखेडा गर्ने त कहिं पुनः मतगणना गर्नुप¥यो भनेर निर्वाचन आयोगलाइ सास्ती दिने । साँच्चै नै अन्याय भएको भए एउटा कुरा तर केही घण्टा हल्लीखल्ली गरेपछि पुनः मतगणनाका लागि एमाले सहमत भएको पाइयो । यसलाइ धेरैले एमालेको उत्ताउलोपनाको संज्ञा दिएका छन । त्यसमै मतगणना ढिलो भैरहेकाबेला केही ठाउँमा हारिने भयो भनेर बवाल मच्चाउनु राम्रो होइन ।
यो परिणामले नेपाली कांग्रेस भित्र त कम्पन नै ल्याएको छ । पदाधिकारी बैठकले नै यसलाइ अपेक्षा बिपरित भन्दै दोस्रो चरणमा थप मेहनत गर्ने निर्णय गरेको छ । यो बिचमा कांग्रेसले गरेका केही विवादास्पद निर्णय र भूमिका तथा माओवादीसंग गरेको गठवन्धनको नकारात्मक अशर परिणाममा देखियो । यो कुराले कांग्रेस भित्र भुसको आगो भएको छ ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले परिणाम सोचे अनुसार नभएको प्रतिक्रिया दिएपनि माओवादीले यतिका सिट जित्नुलाइ ठूलै उपलब्धी मानिएको छ । पार्टी फुट, सिद्धान्त बिपरित गठजोड लगायतका कुराले माओवादीको साइज घटने विश्लेषण गरिएको थियो । तर, सरकारमा रहेका माओवादी मन्त्री कृष्ण महरा, जनार्दन शर्मा लगायतले विकासका नाममा गाउँगाउँमा जसरी बजेट बितरण गरे, त्यसको सकारात्मक अशर उनीहरुको भोटमा परेको छ ।
राप्रपाका लागि यो चुनाव त पाठ नै भयो । अध्यक्ष कमल थापाले नै परिणामबाट आफू खुशी नभएको बताइसकेका छन । एमालेसंगको गठवन्धन पनि सफल नभएको देखिएको छ । यो चुनावबाट पाठ सिकेर दोस्रो चरणमा सुधार गर्नु बाहेक उसंग अर्को विकल्प छैन । धेरैले अध्यक्ष कमल थापाले सत्ताका लागि पार्टी सिद्धान्तसंग गरेको खेलवाडको अशर अब भोग्नुपर्ने टिप्पणी गरेका छन ।
पहिलो चरणको निर्वाचनले मुख्यतः एमाले र कांग्रेसलाइ स्पष्ट जनादेश दिएको देखिन्छ । परिणाम आउनेक्रम जारी छ .. . .हेर्दै जाउँ ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्