केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धादिङको नीलकण्ठ नगरपालिकामा कांग्रेस विजयी

सहयात्रा टिभी

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना विजयी भएका छन् । ढुंगाना एमालेका अर्जुनकुमार श्रेष्ठलाई ६ हजार ६ सय ९० मतले हराउँदै विजयी भएका हुन । ढुंगानाले प्रतिद्वन्द्वी श्रैष्ठको भन्दा झण्डै दोब्बर १३ हजार १ सय ६६ मत प्राप्त गरे । उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार मनराज भण्डारी १० हजार ३ सय २३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गंगादेवी श्रेष्ठले ७ हजार ४ सय ४४ मत प्राप्त गरिन ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्