केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोमीको बर्खास्तीपछि हल्का भएको छु –ट्रम्प

सहयात्रा टिभी

बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबिआइ निर्देशक जेम्स कोमीलाइ पदबाट बर्खास्त गरेपछि आफूलाइ काममा सहज भएको बताएका छन । राष्ट्रपति ट्रम्पले रुसी अधिकारीहरुसंग कुरा गर्दै कोमीलाइ बर्खास्त गरेपछि आफूमाथिको दबाब कम भएको बताएका हुन । अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले रुसी अधिकारीसंग ट्रम्पको वार्ता भएको दावी गर्दै ट्रम्पले कोमीलाइ उन्मादी व्यक्तिको संज्ञा दिएको जनाएको छ । कोमी राष्ट्रपति ट्रम्पको चुनावी अभियान र रुससंगको सम्बन्धबारे अनुसन्धान गरिरहेकाबेला बर्खास्तीमा परेका हुन ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्